नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति, त्यसपछि बढुवा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति, त्यसपछि बढुवा

स्याङ्जाको गल्याङ नगरपालिकामा कार्यरत सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीमाथि मुद्दा दायर गरेको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयबाट हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई सिनियर अहेवसम्म बढुवा भएको पाइएको छ । 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
 

टिप्पणीहरू