घुससहित समातिएका महानगरका इञ्जिनियरविरुद्ध मुद्दा दर्ता

घुससहित समातिएका महानगरका इञ्जिनियरविरुद्ध मुद्दा दर्ता
सुन्नुहोस्

पोखरा महानगरपालिकाका सब–इञ्जिनियर उषा किरण रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । 

घुससहित पक्राउ परेकी उनी र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

आयोगको पोखराबाट खटिएको टोलीले गत चैत २८ गते उनीहरुलाई डेढ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग उक्त रकम बुझेको खुल्न आएको अख्तियारले जनाएको छ । 

अख्तियारको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र जरिवाना हुन माग गरिएको छ ।

टिप्पणीहरू