विदेश गएकी गायिकालाई ‘ह्याप्पी हनिमुन’ सन्देशको ओइरो

विदेश गएकी गायिकालाई ‘ह्याप्पी हनिमुन’ सन्देशको ओइरो

विवाहपछि अधिकांश महिला श्रीमानको घर जाने नेपाली परम्परा छ । यद्यपि, यसलाई सही र गलत तरिकाले व्याखा गर्नेहरुको जमात पनि ठूलै छ । 

तर यतिबेला नेपाली दर्शक र स्रोताहरुले महिलाहरुको हकमा यो परम्परा कत्तिको सार्थक हो ? भनेर नयाँ बहस थालेका छन् । खासगरी गायिका एलिना चौहान विवाहपछि अष्ट्रेलिया उडेलगत्तै यो प्रसंग उठेको हो । 

वैशाख ५ गते धुमधामले विवाह गरेकी चौहानले एक महिना नपुग्दै मुलुक छाडेकी छन् । उनी श्रीमान विष्णु सापकोटासँग हिजो दुबई उडेकी हुन् । विष्णु अष्ट्रेलियामा सञ्चालन हुँदै आएको मायालु गु्रप अफ कम्पनीका मालिक हुन् । गायिका चौहान विवाहपछि श्रीमानसँगै उतै गएको बताइन्छ । 

यता शुभचिन्तकहरुले भने गायिका चौहानलाई नेपालमै बसेर करिअर अघि बढाउन सुझाव दिएका छन् । कतिपयले हनिमुन मनाउन गएको आकलन गरेका छन् भने कतिपयले चौहान सँधैको लागि उतै गएको दाबी गरेका छन् ।

भोलाराज मिश्रले गायिका चौहानलाई ह्याप्पी हनिमुन भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ह्याप्पी हनिमुन एलिना जी । वैवाहिक जीवन सफल रहोस् ।’ 

विनिता ठकुरीले भने गायिका चौहानलाई नेपाल फर्किएर संगीतलाई निरन्तरता दिन सुझाव दिएकी छन् । उनी भन्छिन्, ‘संगीतमा यस्तो राम्रो करिअर बनिरहेको बेला किन नेपाल छाडेको ? बुढोसँग बस्नैपर्ने हो ? नेपाल फर्किउ बैनी । तिम्रो भविष्य उज्वल छ ।’ 

शिला सुवेदीले नेपाली परम्पराले महिलामाथि अन्याय गरेको बताएकी छन् । उनको भनाई छ, ‘हामी महिलाहरुको नियति नै यस्तो । बिहे गरेपछि केटाको पछि पछि लाग्नुपर्ने । यो त अन्याय भएन र हामीमाथि ?’

टिप्पणीहरू