दुबो रोपेपछि पानी नजम्ने काठमाडाैं महानगरको दाबी

दुबो रोपेपछि पानी नजम्ने काठमाडाैं महानगरको दाबी
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङको काम शुरु गरेको छ । पूर्वाधार कम्पनीसँग सम्झौता भएपछि आजबाट उक्त कार्य थालिएको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहबरमा हिजो भएको सम्झौतामा पूर्वाधार कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका हुन् । 

पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । सोहीअनुरुप खुला मञ्चको ग्रेडिङ् र लेभलिङको काम अघि बढेको हो । 

कामको निरीक्षण गर्दै प्रमुख प्रशासकीय अधिकृत परियारले पूर्वाधार निर्माणको काम अझै तीव्र गतिमा अघि बढाउने बताए । उनले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गप्यौँ । त्यसको भोलि पल्टैबाट काम थालिएको छ । हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ ।’ 

महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ । यसपछि वर्षायामको पानी भेल भएर नबग्ने वा जमिनमुनि प्रवेश गर्ने उनले बताए । 

महानगरले गत माघमा दैनिक ५० जना जनशक्ति परिचालन गरेर खुला मञ्चको ढुंगा टिप्न लगाएको थियो । अहिले खुला मञ्चभित्रका सबै संरचना हटाइसकिएको छ । मौलिक दुबो रोपेर आकर्षक खुला स्थानका रुपमा विकास गर्ने महानगरको योजना छ ।

टिप्पणीहरू