कतार एअरवेजको विमानमा धुवाँ निस्किएपछि उडानमा बिलम्ब

कतार एअरवेजको विमानमा धुवाँ निस्किएपछि उडानमा बिलम्ब

आज दिउँसो काठमाडौंबाट दोहातर्फ उड्न ठिक्क परेको कतार एअरवेजको उडान झण्डै तीन घण्टा ढिलो भएको छ । साढे १२ बजे उडानको लागि तयारी हालतमा रहेको विमानको पछाडि भागमा सेतो धुवाँ निस्केको देखिएपछि उडान रोकिएको बताइएको छ ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६५३ को उक्त विमानको अक्सिलरी पावर प्वाइन्टबाट धुवाँ निस्किएपछि प्राविधिक चेक जाँचका लागि विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घण्टा रोकिएको थियो ।

प्राविधिक परीक्षण र आवश्यक मर्मतपछि विमान दिउँसो ३ बजे दोहा प्रस्थान गरेको हो ।

टिप्पणीहरू