रास्वपाले भन्यो- व्यक्ति केन्द्रित छानविन समिति मान्दैनौँ

रास्वपाले भन्यो- व्यक्ति केन्द्रित छानविन समिति मान्दैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा रवि लामिछानेलाई मात्र लक्षित नगरि समग्र छानबिन गर्ने शर्तमा संसदीय समिति गठनका लागि सहमत हुने संकेत गरेको छ ।  

आज बिहान सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार रहेको तर छानविन समिति गठनका नाममा व्यक्ति केन्द्रित माग भने स्वीकार नगर्ने निर्णय गरेको हो । बैठकपछि सो पार्टीका सांसद मनिष झाले सबै राजनीतिक दलहरुबीच सहमति भए छानबिन समिति बनाउन आफूहरु बाधक नहुने बताए । 

आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे बैठकमा छलफल भएको उनले जानकारी दिए ।

टिप्पणीहरू