सुहाङ नेम्वाङलाई सांसदको लोगो

सुन्नुहोस्

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेम्वाङले संसद् सचिवालय, सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।

शपथपछि सभामुख घिमिरेले नेम्वाङलाई सांसदको लोगो प्रदान गर्नुभएको हो । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित रहेको बताइएको छ ।

एमाले उम्मेदवार नेम्वाङ वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट विजयी भएका हुन् । गत भदौमा सांसद तथा उनका पिता सुवास नेम्वाङको निधनपछि उपनिर्वाचन भएको हो ।

टिप्पणीहरू