गभर्नर अधिकारीद्वारा आधा दर्जन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

गभर्नर अधिकारीद्वारा आधा दर्जन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् । पर्सिदेखि लागु हुने उक्त सरुवाको जानकारी आज दिइएको छ । जसअनुसार देवकुमार ढकाललाई वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । उनी बैंक सुपरीवेक्षण विभागमा कार्यरत छन् ।

कर्मचारीको प्रशासन हेर्ने मानव संसाधन विभागका मुकुन्दकुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा, सूचना प्रविधिका नरेश शाक्यलाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै विवादास्पद रेवती प्रसाद नेपाललाई आन्तरिक लेखापरीक्षण विभागमा लगिएको छ । उनी आजसम्म लघुवित्त संस्था सुपरीवेक्षण विभागमा छन् ।

वित्त व्यवस्थापन विभागका रामु पौडेललाई बैंक सुपरीवेक्षण र आन्तरिक लेखापरीक्षण विभागका विमलराज खनाललाई लघुवित्त संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू