नेपाल प्रहरीका डिआईजीद्वय उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा

नेपाल प्रहरीका डिआईजीद्वय उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा
सुन्नुहोस्

नेपाल प्रहरीका डिआईजी उमेश जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको छ ।

जोशी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् भने ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । 

वैशाख ४ गते बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई बढुवाको लागि सिफारिस गरेको थियो । उक्त सिफारिसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
 

टिप्पणीहरू