दार्मामा प्रधानमन्त्रीको भव्य स्वागत (फोटो/भिडियो)

दार्मामा प्रधानमन्त्रीको भव्य स्वागत (फोटो/भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सल्यानको दार्मा पुग्नुभएको छ । 

दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्धघाटनका लागि उहाँ आज त्यता जानुभएको हो ।

भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहलाई बलियो बनाएर संघीयता सवलीकरण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

सरकारले ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।   

त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई स्थानीयले बाजागाजा र नाचगानसहित भव्य स्वागत गरेका थिए ।

टिप्पणीहरू