कोशीमा पाँचौं अधिवेशन आह्वान

कोशीमा पाँचौं अधिवेशन आह्वान

कोशी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका हुन् । 

हिजो बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख ३१ गते बिहान ११ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयले आज विज्ञप्ति जारी गर्दै विराटनगरस्थित प्रदेशको सभाहलमा बैठक बस्ने जानकारी दिएको छ । 

‘कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१–१–२७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कोशी प्रदेश सभाको पाँचौं अधिवेशन संवत् २०८१ साल वैशाख ३१ गते सोमबार दिनको ११ः०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू