उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत मलेसियाको राजधानी क्वालालम्पुर गएका छन् । उनी मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच १७१ मा दिउँसो पौने २ बजे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको मन्त्रालय स्रोतले बताएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतबहादुर राई हङकङ गएका छन् । उनी हिजो राति पौने १२ बजे क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६४० मा त्यता गएका हुन् ।