सहकारीका ऋणीलाई अनिवार्य साँवाब्याज बुझाउन नगरपालिकाको चेतावनी

सहकारीका ऋणीलाई अनिवार्य साँवाब्याज बुझाउन नगरपालिकाको चेतावनी

भक्तपुर नगरपालिकाले सहकारीका ऋणीहरुलाई साँवाब्याज चुक्ता गर्न निर्देशनयुक्त चेतावनी दिएको छ । नगरपालिकाले आज सूचना प्रकाशित गर्दै तोकेको भाखामा नियमानुसार साँवा र ब्याज बुझाउन ऋणीहरुलाई आग्रह गरेको हो । 

सहकारीबाट ऋण लिने तर तोकिएको समयभित्र साँवा र ब्याज नबुझाउँदा बचतकर्ताहरुको बचत रकम फिर्तामा कठिनाई भएको पाइएको भन्दै नगरपालिकाले समयमै ऋण चुक्ता गर्न अनुरोध गरेको छ । 

सूचनामा भनिएको छ, ‘ऋणी सदस्यहरुले तोकेको भाखामा नियमानुसार साँवा र ब्याज बुझाई बचतकर्ता सदस्यलाई नियमानुसार बचत फिर्ता गरी सहकारी संस्थाहरुमा देखिएको हालको समस्यालाई समाधान गर्न अनुरोध छ ।’

नियमानुसार बुझाउनुपर्ने साँवा र ब्याज तोकिएको समयमा नबुझाएमा सहकारी ऐन, २०७४ तथा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने समेत नगरपालिकाले चेतावनी दिएको छ ।
 

टिप्पणीहरू