चित्रबहादुरको चिन्ता - प्रणाली टिकाउन ऋण काढेर देश बर्बाद पारियो

चित्रबहादुरको चिन्ता - प्रणाली टिकाउन ऋण काढेर देश बर्बाद पारियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले त्यसो भनेका हुन् । संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट यो कुरा स्पष्ट भैसकेको केसीले बताए । 

'संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको छ', उनले भने, 'संघीयताले मुलुकमाथि अनाआवश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ ।'

अहिलेको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता र विखण्डनको कारकतत्व नै संघीयता हो भन्दै केसीले यसमा शासकहरुको एकात्मक सोच पनि जिम्मेवार रहेको दाबी गरे । परिणामत: मुलुकका लागि संघीयता पासो बन्न पुगेको उनको ठहर छ ।

‘मुलुकलाई समृद्धशाली बनाउनका लागि हामीले संघीय प्रणाली बनायौं । जुन यहाँको भूगोल, यहाँको अर्थतन्त्र, यहाँका नेताहरुको मनोवृत्ति, शासकहरुको प्रवृत्ति एकात्मक, मुलुक संघात्मक । तपाईहरुलाई सबैभन्दा बढी पासो परेको कुरा यही हो', उनले दाबीका साथ भने । 

संघीयताको सुदृढिकरणको नाममा विश्व बैंक लगायतबाट ऋण काढेर त्यसको भार नेपाली जनतालाई बोकाइको भन्दै सांसद केसीले चर्को असन्तुष्टि जनाए ।
 

टिप्पणीहरू