अभियन्ताको नाममा असुल्नेहरु अँठ्याइए

अभियन्ताको नाममा  असुल्नेहरु अँठ्याइए

अभियन्ता हौं भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३१ वर्षीय राजु सुनार,२६ वर्षीय आदर्श क्षेत्री,२० वर्षीया अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठलाई प्रहरीले पक्रेको हो । 

उनीहरुले गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानूनी रुपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान’ नामक संस्था खोलेको समेत पाइएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न सरकारी कार्यालयसहित स्थानीय निकाय,विद्यालय, संघसंस्था,कम्पनी, कलकारखानालगायतमा आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताएर जाने गरेका थिए । 

‘हामी भ्रष्टाचार विरोधी अभियन्ता हौं,तिमीहरुको विरुद्ध भ्रष्टाचार,कर छली र आर्थिक अनियमितताको उजुरी परेको छ,छानबिन गर्न आएका हौं’ भन्दै सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने र आतंक सिर्जना गरी भिडियो बनाएर रकमसमेत असुली गर्ने गरेको प्रहरीको आरोप छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू