जर्नेल गुहार माग्दै किन पसे सिंहदरवार ?

जर्नेल गुहार माग्दै किन पसे सिंहदरवार ?

दूरीका हिसाबले भद्रकालीस्थित जङ्गी अड्डा र रक्षा मन्त्रालय त्यति टाढा हैनन् । तर मुश्किलले दुई किलोमीटरको यात्रा हिजो भने सेनापति बन्ने क्रममा रहेका रथी अशोक सिग्देलका निम्ति कोशौँ टाढाजस्तो भैदियो । 

बढुवाको मुखमा उमेर विवाद छताछुल्ल हुन थालेपछि सहयोग माग्दै उनी अमेरिकी ग्रीनकार्डको लफडाले उस्तै तनाव झेल्दै रहेका सचिव किरणराज शर्मालाई भेट्न गएका थिए । भेटघाटको संयोजन गर्ने उनै मेजर सुदिप अर्याल थिए भने एक जना चश्माधारी एक तारे जर्नेल पनि साथमै देखिन्थे । "नीति हेर्ने मानबहादुर महरा या जनसम्पर्कका गौरव केसीमध्ये एक जना हुनुपर्छ,को हो त्योचाहिँ ठ्याक्कै ठम्याउन सकिएन ।"प्रत्यक्षदर्शी एक जना सहसचिवले जनआस्थालाई बताए ।

जति गर्दा पनि पार नलागेपछि जर्नेलको टोली त्यत्तिकै भद्रकाली फर्केको र त्यसअघि मन्त्रालयको पार्किङमा सुदिप अर्यालसङ्ग एकछिन सरसल्लाह भएको श्रोतले बतायो । 

सिग्देलको सरोकारवारे खुलाउँदै उनले भने-"दुश्मन लागे हजुर,सँस्थाको छवि र ब्यक्तिको मनोविज्ञानमा धेरै असर पर्न थाल्यो । पूर्ण चिफ सा"बकै पालामा हालका चिफ सा"ब र निर्मल जर्सा"बसहितले छानबिनबाट टुङ्ग्याएको बिषय हो यो । तैपनि भए नभएको कुरा खोतलेको  खोतल्यै गर्न लागे । मर्का पर्यो हजुर,मन्त्रालयको तर्फबाट एउटा खण्डन बिज्ञप्ती निकाल्दिन पर्यो ।"

बेला न कुबेला सँसदमा गएर सेनापति बोल्ने,तालुकवाला मन्त्रालय चूप लाग्ने । यस्तो बेला  आफूलाई आपत पर्ने ब्यक्ति आफै सिंहदरवारमा बस्ने सिभिल हाकिम गुहार्दै हिंड्न बाध्य हुने,सचिव र मन्त्री एकार्कालाई देखाएर मौन बस्ने-नेपालको बिडम्वना यही नै हो ।

अशोकको उपरोक्त आग्रहमा सचिव शर्मा तत्काल प्रतिक्रियाबिहिन रहेकोवारे जानकार एक अर्को श्रोत भन्छ-"उहाँले मन्त्रीज्यू (हरि उप्रेती) ले केही नगर्नु भन्ने म्यासेज पठाउनुभएको छ । म एक्लैले त के नै गर्न सक्छु र ! भन्ने जवाफ फर्काउनुभयो तर आफूलाई आएको भनिएको एसएमएसचाहिँ देखाउनु भएन ।"

जति गर्दा पनि पार नलागेपछि जर्नेलको टोली त्यत्तिकै भद्रकाली फर्केको र त्यसअघि मन्त्रालयको पार्किङमा सुदिप अर्यालसङ्ग एकछिन सरसल्लाह भएको श्रोतले बतायो ।

यसवारे बुझ्न फोन सम्पर्क गर्दा सैनिक जनसम्पर्क निर्देशक गौरव केसीले आफू हिजो मन्त्रालय नगएको र अशोक सिग्देलको रक्षा सचिवसङ्ग भेटवार्तासम्वन्धमा केही पनि थाहा नभएको बताए ।

टिप्पणीहरू