बचत हिनामिनामा रवि जोडिएको सहकारीको कागजात खोज्ने निर्णय

बचत हिनामिनामा रवि जोडिएको सहकारीको कागजात खोज्ने निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ । 

आज दिउँसो बसेको समिति बैठकले कार्यादेशअनुसार अनुसूची २ मा रहेका नौ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको हो । सभापति सूर्यबहादुर थापाले समितिको कार्यादेशअनुसार सम्बन्धित सहकारी संस्थाहरुको कागजात झिकाउने निर्णय भएको बताए । 

अनुसूची २ अनुसार छानबिन गर्नुपर्ने सहकारीहरूमा आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था लि., सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।

जसमध्ये पोखरास्थित सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौँ, कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत घोटालामा रविको नाम जोडिएको छ । समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको स्थितिसमेत हेर्ने भएको छ । जिबी राई अध्यक्ष रहेको गोर्खा मिडियामा त्यसबखत रवि प्रबन्ध निर्देशक थिए । 

आजको बैठकमा विभिन्न सहकारी अभियन्ताहरूलाई पनि बोलाइएको थियो । समितिले करिब दुई घण्टा उनीहरूसँग छलफल गरेको बताइएको छ ।

टिप्पणीहरू