यौनकाण्डमा एमाले नेताविरुध्द अदालतबाट पुर्जी जारी

यौनकाण्डमा एमाले नेताविरुध्द अदालतबाट पुर्जी जारी

यौनकाण्ड,उठ्तीपुठती लगायत अनेक विवादमा मुछिंदै आएका एमाले नेता तथा पूर्व अखिल अध्यक्ष ऐन महरको नाममा अदालतले १५ दिने म्याद सूचना जारी गरेको छ । 

रश्मिलाकुमारी धामीले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले जेठ ३२ गते म्याद जारी गरेको हो । असार ३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले महरलाई आफैँ उपस्थित हुन वा वारेसमार्फत लिखित जवाफ पेश गर्न भनेको छ । अन्यथा कानुनबमोजिम हुने अदालतले स्पष्ट पारेको छ ।

अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद सूचना पठाएको थियो । तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरेको हो । 

बझाङवासी पूर्वअखिल अध्यक्ष महर र अखिलकै कार्यकर्ता रहेकी रश्मिलाबीच लामो समयदेखि विवाद छ । आफूमाथि यौन दुर्व्यवहार गरेको जनाउँदै शुरुमा रश्मिला जाहेरी लिएर प्रहरीमा पुगेकी थिइन् । तर, सत्ता र शक्तिको पहुँचमा रहेका महरविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि उनी उच्च अदालत पुगेकी हुन् । 

उत्प्रेषणसमेतको आदेश माग्दै दर्ता भएको मुद्दा इजलासमा पेश गरी अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद सूचना पठाएको थियो । तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरेको हो ।

टिप्पणीहरू