प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता लगातार

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता लगातार
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बिहान बालुवाटार जानुभएको हो । उहाँहरुबी हिजो दिउँसो मात्रै सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने पनि हुनुहुन्थ्यो ।

त्यसअघि एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा काँग्रेस नेतृ डा. आरजूसँगै शनिबार दिउँसो बालकोट जानुभएको थियो ।

टिप्पणीहरू