फेरि मन्त्री बन्ने मुखमा खोसियो रञ्जिता श्रेष्ठको पद

फेरि मन्त्री बन्ने मुखमा खोसियो रञ्जिता श्रेष्ठको पद
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलको नेता एकाएक परिवर्तन गरिएको छ । केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको जानकारी दिइएको छ ।

यसअघि प्रमुख सचेतक रहेकी चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन् । प्रमुख सचेतकमा रेशम चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन् । 

नाउका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन् ।

टिप्पणीहरू