राजधानीका नदी खोलामा बाढी, केही क्षेत्रमा डुबान

राजधानीका नदी खोलामा बाढी, केही क्षेत्रमा डुबान

राजधानी उपत्यकाका सबै नदीमा आएको बाढीले किनार क्षेत्र जलमग्न भएको छ । लगातारको वर्षापछि गहिरो स्थानका सडकमा पनि पानी जमेको छ । 

उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, धोबीखोला, मनोहरा, टुकुचा लगायतका नदी र खोलामा बाढी आएको छ । बाढी बढ्दै गएकाले छेउका बस्ती डुबानमा पर्ने जोखिम बढेको छ । हनुमन्ते वरपरका बस्ती डुबानमा परिसकेका छन् ।

राजधानीका पुतलीसडक, नयाँ बजार, माइतीघर, भक्तपुरको राधेराधे र ललितपुरको धापाखेल क्षेत्रका सडक जलमग्न भएका छन् ।
 

टिप्पणीहरू