एमाले अध्यक्षको निवासमा खटिएका इन्स्पेक्टर बिते

एमाले अध्यक्षको निवासमा खटिएका इन्स्पेक्टर बिते

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षार्थ खटिएको सुरक्षा समूहका प्रमुख तथा इन्सपेक्टर उमेश थापाको ज्यान गएको छ । ४२ वर्षे सशस्त्र प्रहरी निरीक्षक थापा आज बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएको थियो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार थापालाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको ज्यान गएको हो । सूर्यविनायक नगरपालिका वडा–९ गुण्डुका स्थानीय थापाको दरबन्दी सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा थियो । अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा कार्यरत थिए ।

शव पोस्टमाटर्मका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिएको छ ।

टिप्पणीहरू