बालकोटमा खटिएका इन्स्पेक्टरमा हार्ट अट्याकको आशंका

बालकोटमा खटिएका इन्स्पेक्टरमा हार्ट अट्याकको आशंका
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँको निवास बालकोटमा सुरक्षार्थ खटिएको सुरक्षा समूहका प्रमुख तथा इन्सपेक्टर उमेश थापा बितेका छन् । हिजो साँझको खाना खाएर सुतेका उनी आज बिहान नउठेपछि तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

भक्तपुरको गुण्डु निवासी ४२ वर्षे सशस्त्र प्रहरी निरीक्षक थापा अचेत अवस्थामा भेटिएपछि भक्तपुर जिल्ला अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनले प्राण त्यागेको बताइन्छ ।

बालकोटमा तैनाथ टोलीका एक जना सुरक्षाकर्मीले उनलाई एक सातादेखि सञ्चो नभएको बताएका छन् । मुटुको समस्या थियो कि तर थापा ग्यास्टृक भनेर बसेकाले गएराति ओछ्यानमै केही भएको हुनसक्ने आशंका छ ।

सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा दरबन्दी रहेका उनी अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा झण्डै एक वर्षदेखि कार्यरत थिए । यसअघिका इन्सपेक्टर बिदेश मिसन गएपछि थापा बालकोटमा खटिएका हुन् ।

बालकोटमा तैनाथ टोलीका एक जना सुरक्षाकर्मीले उनलाई एक सातादेखि सञ्चो नभएको बताएका छन् । मुटुको समस्या थियो कि तर थापा ग्यास्टृक भनेर बसेकाले गएराति ओछ्यानमै केही भएको हुनसक्ने आशंका छ । भक्तपुर अस्पतालका चिकित्सकहरुले बिहान हृदयाघातको आशंका गरेका थिए । शव पोस्टमाटर्मका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 

प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिएको छ ।

टिप्पणीहरू