राजधानीका नदी तथा खोला छेउका बस्ती डुबानमा

राजधानीका नदी तथा खोला छेउका बस्ती डुबानमा

लगातारको वर्षाका कारण राजधानी उपत्यकाका नदी तथा खोला छेउका बस्ती डुबेका छन् । बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढ्दै गएकाले थप क्षेत्र डुबानमा पर्नसक्ने बताइएको छ ।

राजधानीको तीनकुने सिनामङ्गल क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

राजधानीका सबैजसो नदी किनारमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।


 

टिप्पणीहरू