नेपाल एसबीआई बैंक ३२ औं वर्षमा

नेपाल एसबीआई बैंक ३२ औं वर्षमा
सुन्नुहोस्

नेपाल एसबीआई बैंक स्थापनाको ३२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज ३१ औं वार्षिकोत्सव मनाएको छ ।  

सो अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गरेको थियो । जहाँ बैंकका सम्पूर्ण कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्दै बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिएका थिए । 

त्यस्तै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पन्तले पनि बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीप्रति आभार व्यक्त गर्दै यसरी नै अघि बढ्न आग्रह गरे ।  

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबै शाखा र त्यहाँ कार्यरत कर्मचारी र ग्राहकलाई मिठाई समेत वितरण गरेको जनाएको छ । बैंकले हालै सञ्चालनमा ल्याएको एक सय वटा शाखामार्फत समेत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

जनकपुरको पिटारी चोक र पाल्पाको रामपुर बजार गरी दुई वटा शाखा, २२ वटा एक्सटेन्सन काउण्टर, १७ बीएलबी, सात प्रादेशिक कार्यालय, एक सय २१ वटा एटीएम र एक कर्पोरेट कार्यालयबाट बैंकले सेवा प्रवाह गर्दै आएको छ ।

टिप्पणीहरू