सामाजिक सन्जालको टिप्पणीले साँसद महुआविरुध्द मुध्दा

सामाजिक सन्जालको टिप्पणीले साँसद महुआविरुध्द मुध्दा

तृणमूल कंग्रेस सांसद महुआ मोइत्राविरुद्ध दिल्ली पुलिसले एफआईआर दर्ता गरेको छ ।

मोइत्राले सोशल मिडियामार्फत् भारतीय राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माविरुद्ध अभद्र टिप्पणी गरेको आरोप छ । त्यसै टिप्पणीलाई लिएर रेखा शर्माले नालिस दर्ता गराएकी थिइन् अनि त्यसै नालिसको आधारमा आइतवार ७ जुलाई दिल्ली पुलिसको स्पेशल सेलले नयाँ क्रिमिनल कानूनहरूको सेक्शन ७९ (शब्द,संकेत अथवा हाउभाउले महिला अस्मिताको अपमान गर्नु) अन्तर्गत एफआईआर दर्ता गरेको हो ।

स्मरण रहोस्,गत ४ जुलाई रेखा शर्मा हाथरसमा भएको कुदाकुदमा घाइते महिलाहरूसँग भेट गर्न पुगेकी थिइन्। सो भेटघाटको एउटा भिडियो भाइरल भएको थियो,जसमा एकजना व्यक्ति छाता लिएर रेखा शर्माको पछाड़ि हिँडिरहेको देखिन्थ्यो। यसैलाई लिएर महुआ मोइत्राले शर्मा आफ्ना मालिकको पाइजामा समात्नमा व्यस्त रहेको प्रतिक्रिया सोशल मिडियामा पोस्ट गरेकी थिइन् । यद्यपि उनले पछि सो पोस्ट डिलिट गरिन् ।

टिप्पणीहरू