काठमाडौंमा साताको दुई दिन लामखुट्टे नष्ट अभियान

काठमाडौंमा साताको दुई दिन लामखुट्टे नष्ट अभियान

काठमाडौं महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेको बासस्थान खोज तथा लार्भा नष्ट अभियान सञ्चालन गर्ने भएको छ । मातहतका वडा कार्यालयलाई दिइएको निर्देशनमा हरेक बुधबार र बिहीबार बिहान ७ बजेदेखि उक्त अभियान सञ्चालन गर्न भनिएको छ । 

वर्षायामसँगै डेंगीको प्रकोप तथा महामारीको उच्च जोखिम रहने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न गैरसरकारी संस्थासमेतको सहकार्यमा अभियान सञ्चालन गर्न वडा कार्यालयहरुलाई निर्देशन दिइएको हो । 

परिपत्रमा भनिएको छ, ‘डेंगी रोकथाम तथा नियन्त्रणको लागि यो रोग सार्ने लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट गर्ने अभियानअन्तर्गत तहाँबाट जनप्रतिनिधि, वडा कार्यालय, स्वास्थ्य प्रवद्र्धन केन्द्र, सहकारी स्वास्थ्य क्लिनिकका कर्मचारी, महानगर प्रहरी, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय सरकारी तथा गैरसरकारी संस्थासमेतको समन्वय र सहकार्यममा प्रत्येक हप्ताको बुधबार र बिहिबार नियमित रुपमा बिहान ७ बजेदेखि त्यस वडा क्षेत्रभित्र लामखुट्टेको बासस्थानको खोजतलास र लार्भा नष्ट गर्नुका साथै डेंगी रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सूचित गराइन्छ ।’

टिप्पणीहरू