सहकारीका पीडितलाई सिंहदरबार बोलाइयो

सहकारीका पीडितलाई सिंहदरबार बोलाइयो

सहकारीको बचत हिनामिना छानविन गर्न गठित संसदीय विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । 

आज सिंहदरबारमा बसेको समितिको बैठकले भोलि सहकारी पीडितहरुका कुरा सुन्ने निर्णय गरेको हो । सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय भएको समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । 

आज समितिले सहकारी विभागका पदाधिकारीसँग छलफल गरेको थियो । भोलि पीडितसँग थप छलफल गरेर त्यहाँभित्रको समस्या समाधानका लागि तथ्यहरुको खोजी गर्ने समितिले जनाएको छ ।

‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौं । २९ वटै सहकारी र अरु पनि सहकारीका पीडितहरुलाई बोलाएका छौं', थापाले भने, 'सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगतरुपमा अनेक हिसावले पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’

टिप्पणीहरू