टी २० आई सिरिजमा नेपालद्वारा अमेरिका पराजित

टी २० आई सिरिजमा नेपालद्वारा अमेरिका पराजित

टी–२० आई सिरिजमा नेपालले आयोजक राष्ट्र अमेरिकालाई पराजित गरेको छ । नेपालले अमेरिकाविरुद्ध १७ रनको जित निकालेको छ ।

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै नेपालले १ सय ६५ रनको चुनौती दिएको थियो । 

अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमा सीमित भएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाएका छन् । 

ऐरीले २८, आसिफ सेख र अनिल शाहले समान २७, २७ रन बनाएका हुन् । त्यस्तै गुल्शन झाले ११, कुशल भर्तेल १० रन र सोमपाल कामीले २ रन बनाए ।

दोस्रो खेल पर्सि बिहान र तेस्रो तथा अन्तिम खेल सोमबार बिहान हुनेछ ।

टिप्पणीहरू