बजेट थपिदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह

बजेट थपिदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह
सुन्नुहोस्

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि खेलकुद मन्त्रालयको बजेट पर्याप्त नभएको गुनासो गर्नुभएको छ । 

पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो । अहिलेसम्म सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याउने गरिएको भन्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा न्यूनतम १ प्रतिशत बजेट छुट्याइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रहसमेत गर्नुभयो । 

‘अहिले हामीसँग ठूलो चुनौतिको रुपमा छ । यो पाराओलम्पिकमा हामी काँस्य पदक प्राप्त गर्न सफल त भयौँ । तर कहिलेसम्म हामी यो कायम राख्न सक्छौँ की सक्दैनौँ ?', उहाँले भन्नुभयो, 'नेपाल सरकारले खेलकुदमा सबैभन्दा कम बजेट २१ वटा मन्त्रालय भन्दा सबैभन्दा कम रहेको छ । आगामी वर्षको बजेटमा कम्तिमा १ प्रतिशत बजेट विनियोजन गरिदिन आग्रह गर्दछु ।’

सो अवसरमा पलेशालाई नगद ६५ लाखसहित सम्मान गरिएको थियो । त्यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई नगद ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार प्रदान गरिएको छ । 

सम्मान ग्रहण गर्दै पलेशाले सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताउनुभयो ।

 

टिप्पणीहरू