पलेशा गोवर्द्धनको भव्य स्वागत, बाजागाजासहित नगर परिक्रमा गराईंदै

पलेशा गोवर्द्धनको भव्य स्वागत, बाजागाजासहित नगर परिक्रमा गराईंदै
सुन्नुहोस्

पेरिस पारालिम्पिक्सको तेक्वान्दोमा काँस्य पदक विजेता पलेशा गोवर्द्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पेरिसबाट दुबई हुँदै फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा बिहान सवा ८ बजे काठमाडौं आइपुगेकी उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गर्नुभएको छ । 

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामासहित चार सदस्यीय टोली पनि पदक विजेता पलेशासँगै आएका छन् ।

खेलाडी तथा प्रशिक्षकको स्वागतमा विमानस्थल बाहिर ठूलो संख्यामा खेलाडी तथा सर्वसाधारणको उपस्थिति थियो । गोवद्र्धनलाई विमानस्थलबाट बाजागाजाका साथ गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहिदगेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद्सम्म पुर्याईंदै छ ।

टिप्पणीहरू