पलेशालाई ६५ लाख प्रदान गर्ने बालुवाटारमा तयारी

पलेशालाई ६५ लाख प्रदान गर्ने बालुवाटारमा तयारी
सुन्नुहोस्

पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई कास्य पदक दिलाएकी पलेशा गोवद्र्धनलाई सरकारले यसअघि घोषणा गरेको रकम प्रदान गर्ने भएको छ । गत साताको क्याबिनेट बैठकले उनलाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो ।

बिहान साढे ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको सरकारी निवास बालुवाटारमा पलेशालाई नगद र सम्मानपत्र वितरण गर्नुहुने बताइएको छ । आजै उक्त खेलका प्रशिक्षकलाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्न लागिएको हो ।

 

टिप्पणीहरू