कान्तिपुरको निर्णायक भूमिकामा श्रृंखला, अक्सनमा खेलाडी

कान्तिपुरको निर्णायक भूमिकामा श्रृंखला, अक्सनमा खेलाडी

मंसिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि खेलाडीको अक्सन (लिलाम बढाबढ मूल्य) सुरु भएको छ । अक्सनमार्फत् विभिन्न टिमले खेलाडी छान्न थालेका छन् ।

यसबीच क्रिकेटर साहब आलम १५ लाखमा रोजिएका छन् । उनलाई काठमाडौँ गोर्खाजले अनुबन्धित गरेको छ । काठमाडौँ गोर्खाजको तर्फबाट खेलाडी रोज्ने टिममा पूर्व मिस नेपाल श्रृंखला खतिवडा छन् । केही समयअघि काठमाडौँ गोर्खाजलाई कान्तिपुर मिडिया ग्रुपले किनेको हो । 

अध्यक्ष कैलाश सिरोहियाका छोरा तथा प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग बिहे गरेपछि श्रृंखला कान्तिपुर मिडिया ग्रुपको विभिन्न निर्णायक भूमिकामा देखिन थालेकी छन् । 

अर्का खेलाडी ललित नारायण राजवंशी पनि १५ लाखमा अनुबन्धित भएका छन् । उनलाई रोज्न अक्सनमा आठ टिमले प्रस्ताव राखेका थिए । अन्त्यमा गोला प्रथाबाट जनकपुर बोल्ट्सको भागमा परेको हो । गोला प्रथामा जानुपर्ने भएपछि श्रृंखलाकै काठमाडौँ गोर्खाज ब्याक भएको बताइन्छ ।  

सूर्य तामाङ पनि  १५ लाखमा अनुबन्धित भएका छन् । उनलाई लुम्बिनी लायन्सले रोजेको हो । प्रतिश जिसीलाई पनि विराटनगर किंग्सले १५ लाखमै रोजेको छ । त्यस्तै रित गौतमलाई पाँच लाखमा कर्णाली याक्सले अनुबन्धित गरेको छ ।

अक्सनमा खेलाडीहरुको बोलकबोल जारी छ ।

टिप्पणीहरू