भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा टिमका पूर्वसदस्य गौतम गम्भीर नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

मुख्य प्रशिक्षकमा नियुक्तिपछि गौतमले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक हुन पाउनु नै आफ्ना लागि गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् । उनले राहुल द्रविडको प्रशिक्षणमा भारतीय टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

हालका मुख्य प्रशिक्षक द्रविडको सन् २०२४ को विश्वकपसँगै पदावधि सकिएको हो ।

बीसीसीआईका सचिव जय शाहले गम्भीरलाई स्वागत गर्दै उनी एक महान खेलाडी र मेन्टर भएको बताएका छन् ।     गम्भीर आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर हुन् ।

खेलाडीको रूपमा उनले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए । गम्भीरले २०११ देखि २०१७ सम्म सात आईपीएल सिजनहरूमा कोलकाताको कप्तानी गरेका थिए ।

टिप्पणीहरू