गुम्बाको पर्खाल भत्किँदा एकको मृत्यु, पाँच नाबालक घाइते
काठमाडौंको दक्षिणकाली नगरपालिका–५, मा रहेको थाई गुम्बाको पर्खाल भत्किँदा एक नाबालकको मृत्यु भएको छ । आज अपरान्ह गुम्बामाथि पहिरो खस्दा छ नाबालिका पुरिएका थिए ।
उनीहरुको उद्धार गरिएपनि एक नाबालकको उपचारको क्रममा दक्षिणकालीकै मनमोहन अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले बताए ।
उनका अनुसार उद्धार गरिएका अन्य पाँच नाबालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू