पार्किङमा राखेको ईभी कारमा आगलागी

पार्किङमा राखेको ईभी कारमा आगलागी
सुन्नुहोस्

काठमाडौंको सितापाइलामा पार्किङमा राखिएको विद्युतीय गाडीमा एकाएक आगो लागेको छ । 

सेरिस स्कोडा कम्पनीको बा.प्र ०२–०२९ च ५९५० नम्बरको कारमा आज बिहान अचानक आगलागी भएको प्रहरीले जनाएको छ । विश्वास घिमिरेले सञ्चालन गरेको स्पोर्टस सर्भिस सेन्टरमा पार्किङ गरी राखिएको कारमा आगलागी भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । कारको ब्याट्री सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

दमकल र स्थानीयबासीको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू