साँखुफेदीमा यात्रुवाहक बस दुर्घटनाग्रस्त

साँखुफेदीमा यात्रुवाहक बस दुर्घटनाग्रस्त
सुन्नुहोस्

सिन्धुपाल्चोकबाट काठमाडौँ आउदै गरेको बस साँखुमा दुर्घटनामा परेको छ । हेलम्बु नगरपालिका–३ बाट काठमाडौँ आउँदै गरेको ना.३ ख ९०२६ नम्बरको बस शंकरापुर नगरपालिका–४ स्थित साँखुफेदीमा दुर्घटना भएको हो । 

अपरान्ह साढे ४ बजेतिर बस गुडिरहेको बेला ओरालोमा ब्रेकफेल भएपछि दुर्घटना भएको बताइएको छ । बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनामा कुनै ठूलो मानवीय क्षति भने भएको छैन । सामान्य चोटपटक लागेको केही यात्रुलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगिएको छ । 

एउटा चाखलाग्दो विषय के छ भने, आज बस दुर्घटना भएकै ठाउँमा यसअघि पनि थुप्रै दुर्घटना भइसकेको छ । तर घुम्तीको दुई वटा रुखले अहिलेसम्म मानवीय क्षति भने भएको छैन । 

स्थानीयका अनुसार अहिलेसम्म आधा दर्जनभन्दा बढी सवारी साधन घुम्तीको उक्त रुखमा ठोक्किसकेकाका छन् ।

टिप्पणीहरू