अरुका घर भाँडेर के पाइन्छ म्याडम ?

अरुका घर भाँडेर के पाइन्छ म्याडम ?

शुरुमा आफ्नो ‘मजबुरी’ देखाउने, अनि औँलो दिँदै गएपछि डुडुल्नो नै निल्ने नयाँ प्रकृतिका ‘भाइरस’को रूपमा विकसित हुँदै छ, शहर । आफ्नै बदमासी छरपष्ट भएपछि पहिलो पुरुष छाडेर एकल जीवन बिताइरहेकी एक महिला साहित्यकारको कहानी हो यो । 

शुरुमा प्रेमको नाटक र मजबुरी देखाएर असुलीलाई व्यवसाय नै बनाउँदै आएकी कवियत्री (कवु) को सोखै यस्तो देखिन्छ कि पुरुष फेर्दै हिँड्ने ! यही कारण वैवाहिक सम्बन्ध ‘बन्धन’ बन्न पुग्यो । १५ वर्ष साथ दिएका पतिलाई लत्याएर अहिलेसम्म आधा दर्जन फेरिसकिन् । यस्ता साथीमा पूर्वमन्त्रीसम्म छन्, अनि थपिएका छन् अमेरिका–बेलायततिर भएका साहित्यकारहरू । उनकै कारण नेपालमै ख्यातिप्राप्त एक गायकको घरबार सम्बन्धविच्छेद उन्मुख छ । उमेरले साढे तीन दशक टेक्न लागेकी उनले दुई पुरुषको वैवाहिक सम्बन्ध तहसनहस पारिसकेको बताइन्छ । एक जना कांग्रेसका चल्तापुर्जा संसद सचिवालयमा आबद्ध कार्यकर्तालाई मात्र सडकमा पुर्‍याइनन्, चल्तीका एक गायकको घरपरिवारसमेत बिचल्ली पारिदिएसँगै निजकी पत्नी उजुरी बोकेर हालै जावलाखेल प्रहरी वृत्तमा पुगेकी छन् । साहित्यमा औधि रुचि राख्ने ती युवतीका केही फुटकर र एउटा साहित्यिक कृति प्रकाशमा आएको छ । दोलखा स्थायी ठेगाना भएकी उनले राष्ट्रियस्तरको पुरस्कारसमेत पाइसकेकी छन् । जनजातिमा आधारित साहित्यिक कृतिलाई देखाएर शेर्पा, राई थरी विदेशमा भएका लाहुरेहरूलाई दुहुनो गाई बनाइसकेकी छन् ।

पूर्वमन्त्री तथा कांग्रेसका एक माननीयको सचिवालयमै कार्यरत श्रेष्ठ थरका एक युवकसँग १४ वर्षअगाडि विवाह बन्धनमा बाँधिएकी उनलाई नपुग्दो केही थिएन । काठमाडौंमा घर, प्रशस्त धन र मान पनि । साहित्यको आकाशमा उड्नका लागि श्रीमानले स्वतन्त्र छाडिदिएका थिए । सात जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर श्रीमान्ले सिउँदोमा हालिदिएका थिए एक धर्काे सिन्दूर । तर बाहिरको फलफूल चोरेर खाने बानी परेपछि आफ्नो बगैँचाको फलफूलमा रस बस्दैन सायद । मन बाहिरका पुरुषमा रमाउन थाल्यो । 

मान्छेले दुनियाँलाई ढाँट्न सक्ला तर आफैँलाई किमार्थ ढाँट्न सक्दैन अनि केहीलाई छोटो समयका लागि, केहीलाई सधैँभर मूर्ख बनाउन पनि सकिएला तर सबैलाई सधैँभरमूर्ख बनाइरहन मिल्दैन । एउटै ओछ्यानमा, एउटै सिरानी गरेर सुतेको श्रीमान्लाई ती कवियत्रीले गरेको विश्वासघात लामो समय टिकेन । एक जना शेर्पासँग लागेको थाहा पाएसँगै पति काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरेर अलग भएका छन् । त्यही समय अमेरिकामा बस्दै आएका दुई साहित्यकार र नेपालमै रहेका एक जना गायकसँग समानान्तर ढंगले ‘अफेयर’ चलिरहेको थियो । अमेरिका बस्ने साहित्यकारसँग ‘भर्चुअल’ सम्बन्धमा थिइन् भने चल्तीका गायकसँग ‘डिप लभ’मा । यसरी पहिलो पुरुषसँगको वैवाहिक सम्बन्धलाई तोडेर उनको बिल्लीबाठ बनाएकी ती कवियत्रीले अर्काे पुरुषको घरमा पनि आगो लगाइदिएकी छन् ।

नपुग्दो केही थिएन । काठमाडौँमा घर, प्रशस्त धन र मान पनि । साहित्यको आकाशमा उड्नका लागि श्रीमानले स्वतन्त्र छाडिदिएका थिए ।

ललितपुर घर भएका आदिवासी जनजाति गायकका एक छोरा र एक छोरी छन् । दुःखजिलो गरेर आर्जेको सम्पत्ति, राजधानीमा एउटा घर । घर पत्नीको नाममा पास गराइदिएको । श्रीमान्, श्रीमतीको सम्बन्ध मीठासपूर्ण नै थियो । जब गायकको जीवनमा कवियत्रीले प्रवेश पाइन् तब स्वर्गजस्तो घर नर्कमा रूपान्तरण हुन पुग्यो । गायक पत्नीले कवियत्रीमाथि शंका गर्नुपर्ने कुनै ठाउँ थिएन । विभिन्न सम्मान कार्यक्रम आयोजना गरेर उनैसँग पैसा तान्दै उनैलाई सम्मान गर्ने धन्दा चलाएकी थिइन् । गायकलाई दाजु, श्रीमतीलाई भाउजू नाता लगाउँथिन् । घरमा आउजाऊ भइरहँदा शंका गर्ने ठाउँ थिएन । यो बीचमा श्रीमान्को बानी व्यहोरामा आएको बदलावबीच घरमा पैसा दिन छाडेपछि श्रीमतीको मनमा केही चिसो पसेको थियो । कहिलेकाहीँ दुईबीच सम्बन्धलाई लिएर ठाकठुक चल्थ्यो तर पानी परेपछि आकाश खुलेझैँ साम्य हुन्थ्यो अर्थात् क्षणमै भर्रर बल्थ्यो र क्षणमै निभिजान्थ्यो, लोग्ने–स्वास्नीको झगडा परालको आगो भनेझैँ । एउटा आगो, अर्काे पानी भए पो घर चल्छ । दुवै आगो भएपछि दन्किहाल्छ । उनै कवियत्रीबाट घर भत्किन जोगिएका एक आफन्त महिलाले तिनको अन्तरंग सम्बन्धबारे सुनाएपछि छाँगाबाट खसेझैँ भइन् । 

कहिले घरै नआउने, फोन सम्पर्कसमेत नगर्ने त कहिले साथीकोमा गएको भनेर ढाँट्ने क्रम बढ्न थालेपछि गायक पत्नी चुप बस्न सकिनन् । प्रतिदिन श्रीमान् परिवर्तन भएपछि गुह्य जान्न खोजिन् । त्यसपछि पतिको सुराकी गर्नका लागि मान्छे खटाइन् । बुझ्दै जाँदा थाहा लाग्यो, बानेश्वरस्थित एउटा सहकारी संस्थाबाट हाइड्रोमा लगानी गर्छु भनेर ३० लाख रुपैयाँ ऋण लिएका रहेछन् । त्यसमा २५ लाख उनै कवियत्रीले झ्वाम पारिदिएको र ५ लाख मात्र गायकको साथमा रहेको खुलेपछि श्रीमती आगो भइन् । पतिको असली नियत थाहा पाएसँगै घरको ढोका बन्द गरिदिइन् । अनि शरण लिन पुगे, तिनै कवियत्रीकहाँ तर उनले आफू छिट्टै अमेरिकामा रहेका एक साहित्यकारसँग विवाह गरेर जान लागेको र उताका कवि नेपाल आएको, साँझ आफ्नो कोठामै बस्न आउन लागेको भनी त्यहाँ बस्न नदिएपछि मनमा चिसो पस्यो । यसरी घरमा श्रीमती र दुई छोराछोरी हुँदाहुँदै कवियत्रीको मायामा डुबेका गायकको बिल्लीबाठ भएको छ । भन्छन् नि सुख र खुशीको आयु छोटो हुन्छ । लामो आयु त दुःख, पीडा र दर्दको हुन्छ । जीवनको रीतै हो, सुख एकैक्षण आउँछ र बिलाइजान्छ, दुःख नै साथी र मित हो, मान्छेको । उनको खुशी पनि धेरै समय टिक्न सकेन । सम्बन्ध भनेको घामपानी हुनुपर्छ । र, त घरपरिवार र सम्बन्ध अघि बढ्छ । नत्र भदौको भेलबाढीले बगाएजस्तो सबै बगाएर लगिहाल्दो रहेछ । क्षणिक रामरमाइलो र रासलीलामा लाग्दा एक उदाउँदो प्रतिभाको जीवन ध्वस्त हुने स्थितिमा पुगेको छ । 

उता, जो चोर उसकै ठूलो स्वर भनेझैं ती कवियत्रीले उल्टै गायक पत्नीलाई हकार्ने, ज्यान मार्नेसम्मको धम्की दिएकी छन् । आफ्नो सुन्दर घर परिवारमा आगो लगाइदिएको र श्रीमान्सँग लिएको २५ लाख फिर्ता गर्नका लागि फोन सम्पर्क गर्दा उल्टै हकार्दै गायकपत्नीका कारण आफू बिरामी भएको भनी अस्पतालको बेडमा स्लाइन पानी चढाइरहेको तस्बिर पठाएर टर्चर दिएकी छन् । त्यसपछि बल्ल गायक पत्नी उजुरी बोकेर जावलाखेल, प्रहरीमा पुगेकी हुन् ।

यसरी ती कवियत्रीले एक जना माननीयका स्वकीय, एक शेर्पा थरकै पूर्वमन्त्री, शेर्पा थरकै कवि/व्यवसायी मात्र होइन, अमेरिकादेखि बेलायतमा रहेका राई, गुरुङहरूलाई समेत ठेगान लगाइसकेकी छन् । कतिसम्म भने एक जना रंगिला पूर्वमन्त्रीले ती कवियत्रीको नाममा खाली चेकमा हस्ताक्षर गरेर दिएको समेत बताइन्छ । मुर्गा हण्टिङ चलचित्र क्षेत्रमा नयाँ विषय होइन तर अहिले यो सिफ्ट भएर साहित्य क्षेत्रमा सरेको चर्चा छ । अरुको सुन्दर घरपरिवारमा आगो झोसेर आफ्नो चुल्हो बाल्ने यस्ता पात्रबाट ठगिने अरु पुरुष कति होलान् ? प्रेमको नाटक गरेर, मजबुरी देखाउँदै ठगीलाई व्यवसाय बनाउनेको संख्या कति होला ? हाम्रो समाजमा जबर्जस्ती स्थापित भाष्य, ‘केटा बदमास, फटाहा, ठग !’ अब केटीमा लागू हुन थालेको हो ? केटा ठगेर केटीले आफ्नो घरबारै बसाउने र चलाउने दिन आएको हो ? अनि महिलाका लागि तत्काल आकर्षित हुने कानुन पुरुषका लागि किन हुँदैन ? सहमतिमा यौन सम्बन्ध राखेको भए पनि महिलाले आरोप लगाएको २४ घण्टा बित्न नपाउँदै पुरुष ‘बलात्कारी’ हुन्छ । महिलाबाट साँच्चै पीडित पुरुषले चाहिँ रीतपूर्वक जाहेरी दिँदा पनि हास्यको पात्र मात्रै बन्नुपर्ने हो ? यो कस्तो न्याय ? कस्तो कानुनी संरचना’ हो ? 

यता, सम्बन्धित पक्षले सम्प्रेषित सामग्रीमा उल्लेखित विषयवस्तु यथार्थपरक नरहेको बताएकी छिन् । त्यसले आफूलाई ठूलो चोट परेको बताउँदै उनले सामग्री हटाउन आग्रह गरेकी छिन् ।

प्रस्तुत कथाव्यथाले सम्बन्धित पक्षको गरिमामाथि पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौं ।  

– कवियत्रीबाट पीडित महिला

टिप्पणीहरू