केराघारीमा मृत भेटिएका नाबालिकाकी आमा बिर्तामोडमा फेला

केराघारीमा मृत भेटिएका नाबालिकाकी आमा बिर्तामोडमा फेला

मोरङको सुन्दरहरैंचा नगरपालिका–७, बेलगाछीमा मृत फेला परेका एकै घरका दुई नाबालिकाकी आमा भेटिएकी छिन् । मृतक नाबालिकाकी आमा अस्मिता कार्की आज बिहान झापाको बिर्तामोडमा फेला परेकी हुन् । 

उनलाई मोरङ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र बस्नेतले बताए । ‘उहाँ आज बिहान बिर्तामोडबाट फेला पर्नुभएको छ । हामी उहाँलाई मोरङ ल्याउँदै छ । त्यसपछि मात्र घटनाबारे विस्तृत थाहा हुन्छ’,उनले भने । 

गत भदौ १४ गते स्थानीय अर्जुन कार्कीका तीन र डेढ वर्षीया छोरी केराघारीमा मृत फेला परेका थिए । बालिकाहरुको शव नजिकै विषको सिसीसमेत भेटिएको थियो । सामान्य घरझगडा हुँदा श्रीमती छोरीसहित निस्किएको अर्जुनले प्रहरीसमक्ष बताएका छन् । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू