हत्या प्रयासको अभियोगमा युवा संघका अध्यक्ष जेल चलान

हत्या प्रयासको अभियोगमा युवा संघका अध्यक्ष जेल चलान

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्षसहित पाँच जनालाई हत्या प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत बाँकेले दुईजना युवालाई खुँडा र खुकुरी प्रहार गर्दै हत्या प्रयास गरेको अभियोगमा उक्त आदेश दिएको बताइएको छ ।

न्यायाधीश दीपक घिमिरेको एकल इजलासले हिजो साँझ अबेर दिएको आदेशपछि राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, सन्दीप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी र नेपालगञ्जका सन्तोष गुप्तालाई जेल चलान गरिएको छ ।

बाँकेको बिनौनामा भदौ १ गते राप्तीसोनारीका सन्दीप विष्ट र बैजनाथ–७ पशुरामपुरका सुलभ मल्लमाथि १० जनाको समूहले संघातिक आक्रमण गरेको थिए । उनीहरुको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू