नक्कली नोट छाप्ने मेसिनसहित युवक पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित युवक पक्राउ

नक्कली नोट कारोबारी एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरको थिमी बस्दै आएका ३१ वर्षीय महेश रोक्का नक्कली नोटसहित समातिएका हुन् । 

प्रहरीका अनुसार उनले ललितपुर महानगरपालिका–८ सौगलमा कोठा भाडामा लिएर नक्कली नोट बनाउने गरेको पाइएको छ । प्रहरीले नक्कली नोट बनाउन प्रयोग गर्ने एउटा फोटोकपी मेशिन पनि बरामद गरेको छ । 

साथै, एक हजार दरको एक सय १६ थान नक्कली नोट, बा.प.०२–०३९ प.१४८३ नम्बरको मोटरसाइकल र एक हजारको एउटा सक्कली नोट पनि बरामद भएको छ । हिजो सोही कोठाबाट पक्राउ परेका उनीउपर ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू