प्रहरी प्रवक्ताको अर्को गीत सार्वजनिक

प्रहरी प्रवक्ताको अर्को गीत सार्वजनिक

हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले लेखेको ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो । 

गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्स रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । दशैंको रौनक देखिने गीतमा तीनै जना टीका र जमरा लगाएर छमछमी नाँचेका छन् ।

करणसिंह चासिरको छायाङ्कन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका हुन् । प्रवक्ता कार्कीले दुई साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागर गरिएको ‘फूलको बासना सरी’ बोलको गीत सार्वजनिक गरेका थिए ।

टिप्पणीहरू