दशैं बिदामा नेपाली पाठकलाई नयाँ खुराक

दशैं बिदामा नेपाली पाठकलाई नयाँ खुराक

दशैँ–तिहार नजिकिँदै गर्दा नेपाली साहित्यमा एकपछि अर्को पुस्तक सार्वजनिक भइरहेका छन् । यसबाट पाठकहरुलाई बिदाको समयमा नयाँ पुस्तकले फरक स्वाद दिने अनुमान गर्न सकिन्छ । 
 

नेपाली कवितामा हस्तक्षेप उपस्थिति देखाइरहेका कवि सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ बजारमा आएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा उपसभामुख इन्दिरा राना, कवि कवि श्रवण मुकारुङ, प्रा.डा. विन्दु शर्मा र लेखक तथा अध्येता गणेश खनियाँद्वारा संयुक्त रुपमा हिजो पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै उपसभामुख रानाले कवितामा विद्रोहका विविध आयामहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको बताउनुभएको छ । कवि मुकारुङले कवितामा समाजको मनोविज्ञान र रैथाने सुगन्ध भेटिने उल्लेख गर्नुभयो । त्यस्तै प्रा.डा. शर्माले कवितामा राजनीति, पहिचान, संवेदना र दर्शनका मुद्दालाई कलात्मक ढंगले उठाइएको बताउनुभयो । लेखक खनियाँले पनि कविताले पाठकलाई सोच्न बाध्य बनाउने विश्वास गर्नुभएको छ । 

सांग्रिला पब्लिकेशनले बजारमा ल्याएको पुस्तकमा ४४ वटा कविता समावेश छ ।
 

टिप्पणीहरू