अमेरिकामा सरस्वतीपछि उर्मिला चौधरी सम्मानित

अमेरिकामा सरस्वतीपछि उर्मिला चौधरी सम्मानित
सुन्नुहोस्

सामाजिक अभियन्ता उर्मिला चौधरीेलाई ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डले सम्मान गरिएको छ । चौधरीलाई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आयोजित कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले सम्मान गरेका हुन् । 

कार्यक्रममा चौधरीसहित छ देशका सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायमाथि भएको विभेद र शोषणविरुद्ध गर्दै आएको अथक प्रयास स्वरुप प्रदान गरिएको छ । भनिएको छ, ‘सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि अवार्ड प्रदान गरिएको हो ।’

अमेरिकी विदेश मन्त्रालयले चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेको र १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको जानकारी दिएको छ । कानुन अध्ययनपछि आवाजविहीनहरूको आवाज बनेर अभियानमा लागेकी चौधरी महिला सशक्तीकरणको निम्ति विभिन्न ३० वटा सहकारी समूहमा सक्रिय छन् ।

अमेरिकाले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड यसअघि नेपालकै सरस्वती नेपालीले प्राप्त गरेकी थिइन् ।

टिप्पणीहरू