प्राकृतिक फूलमालामा कोहलपुरको जोड, प्लास्टिकमा रोक

प्राकृतिक फूलमालामा कोहलपुरको जोड, प्लास्टिकमा रोक

बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकजन्य फूल, गुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले तिहार, छठलगायत नजिकिँदो पर्वमा प्लाष्टिकजन्य फूल, गुच्छा तथा मालाको प्रयोग, उत्पादन, बेचबिखन तथा भण्डारण निषेध गरिएको जनाएको छ ।

प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषणसँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने र ठूलो धनराशी बाहिरिने उल्लेख गर्दै नगरपालिकाले स्थानीय कृषकबाट उत्पादित सयपत्री, गोदावरी, मखमलीलगायत फूलको मात्र प्रयोग गर्न सुझाएको छ । 

जारी सूचनामा भनिएको छ, ‘आउँदै गरेको मुख्य चाड शुभ दीपावली, छठ पर्वलगायत महोसत्व तथा समारोहमा यस नगरपालिकामा स्थानीय कृषकले विभिन्न स्थानमा उत्पादन गरेको सयपत्री, गोदावरी, मखमलीलगायत फूलहरु एवं सोबाट बनेका माला मात्र प्रयोग गर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

टिप्पणीहरू