प्रधानमन्त्रीको चीन भ्रमणबारे शीतल निवासमा चर्चा
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे जानकारी गराउनुभएको बताइएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चार दिने चीन भ्रमणका लागि पर्सि बेइजिङ जाँदै हुनुहुन्छ ।
टिप्पणीहरू