प्रधानमन्त्रीको भ्रमण तयारीनिम्ति  चिनियाँ राजदूत राती नै बेइजिङ

प्रधानमन्त्रीको भ्रमण तयारीनिम्ति  चिनियाँ राजदूत राती नै बेइजिङ

नेपालका लागि चिनियाँ राजदूत छन सोङ हिजो साँझ स्वदेश फर्कनुभएको छ । उहाँ एअर चाइनाको उडान नम्बर सिए ४३८ मा साँझ सवा ६ बजे यताबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै राजधानी बेइजिङ पुग्नुभएको बताइएको छ । 

दूतावासका प्रेस र पोलिटिकल बिभाग प्रमुख यु फङछनसहित जानुभएका राजदूत छन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि जानुभएको हो ।

प्रधानमन्त्री ओली चीनको चार दिने औपचारिक भ्रमणमा भोलि बिहान काठमाडौंबाट हिमालय एअरलाइन्सको चार्टर उडानमा सोझै बेइजिङ जाँदै हुनुहुन्छ । उहाँको भ्रमण दलमा पररास्ट्रमन्त्री डा.आरजू राणा देउवासहित ८७ जना रहनेछन् । ब्यापारीको टोली आजै अर्को कमर्सियल उडानमा जानेछ भने भोलि प्रधानमन्त्री सवार हुने चार्टर उडानमा ४४ जना मात्र हुनेछन् ।

यसबीच सोही भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा.राणा बिहीबार छन्तु पुगेर हिजो स्वदेश फर्कनुभएको छ । छन्तुमा उहाँले समकक्षी वाङ यीसँग भ्रमणको अजेण्डालाई अन्तिम रुप दिने उद्देश्यले भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू