अन्यत्र बेलैमा,दुई घण्टा ढिलो काठमाडौंमा

अन्यत्र बेलैमा,दुई घण्टा ढिलो काठमाडौंमा
सुन्नुहोस्

आज जारी उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । काठमाडौं बाहिरका अधिकांश मतदान केन्द्रमा तोकिएको समयमा मतदान शुरु भए पनि राजधानीका केही स्थानमा ढिलो भएको छ । 

कुनै मतदान केन्द्रमा मतदाता र कुनैमा उम्मेदवारका प्रतिनिधि ढिलो पुगेकाले मतदान ढिलो भएको बुझिएको छ । कीर्तिपुरको एउटा मतदान केन्द्रमा पौने ९ बजे मात्रै मतदान शुरु हुन सक्यो ।

बिहान १० बजेसम्म सबैतिर गरेर १५ प्रतिशतभन्दा बढी मतदान भएको जनाइएको छ । उपनिर्वाचनमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका झण्डै १२ हजार खटिएका छन् भने सेनाको आठ हजार बढी परिचालन गरिएको छ । सुरक्षा समन्वयका लागि निर्वाचन आयोगमा ज्वाइन्ट सेल बनाइएको छ भने हेडक्वार्टरहरुमा ज्वाइन्ट सेलको व्यवस्था छ । गृहमा सुरक्षा निकायका प्रमुखहरु रहेको एउटा कमिटी नै खडा गरिएको छ ।

निर्वाचनमा दलीय उत्साह देखिएको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु बताउँछन् । मध्य समयमा भएको उपचुनावलाई जनमत संग्रहजस्तै मानिन्छ । यसको परिणामलाई आगामी निर्वाचनको संकेतको रुपमा लिइने भएकाले सबै दलले यस पटक प्रतिष्ठाको विषय बनाएको पाइन्छ ।
 

टिप्पणीहरू