गौरीशंकरमा १८ प्रतिशत मतदान
दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भैरहेको उपनिर्वाचनमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । बिहान साढे १० बजेसम्म १८ प्रतिशत भोट खसेको निर्वाचन आयोगले जनाएको छ ।
यहाँ कूल १५ हजार ७ सय १८ मतदाता छन् । पालिकाका ९ वटा वडाका १२ मतदान केन्द्रमा जारी मतदानमा साढे १० बजेसम्म २८ सय मत खसेको जनाइएको छ ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उक्त पदका लागि १६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसकी पासदिकी शेर्पा तामाङ, नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा र नेकपा एमालेका उमा लुङगेली मगर शेर्पाबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
टिप्पणीहरू