त्रिपुरासुन्दरीमा सबैभन्दा बढी भोट खस्दा काठमाडौँ-१६ मा कम
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचनमा ६२ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५ मा सबैभन्दा बढी र काठमाडौँ-१६ मा सबैभन्दा कम मत खसेको छ । देशभर शान्तिपूर्णरुपमा मतदान भएको आयोगले जनाएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख,गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४१ पदका लागि आज मतदान भएको हो । काठमाडौंको कीर्तिपुर नगरपालिकासहितका केही स्थानमा आजै साँझबाट मतगणना शुरु हुनेछ ।
अहिले मत पेटिका संकलनको काम भैरहेको आयोगले जनाएको छ ।
टिप्पणीहरू